१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

‘बले’ र ‘सीता’को रोमान्सले भरिएको ‘मिरमिरेमा बासेको भाले’


१७ मंसिर २०८२, मंगलबार  

12
Shares

काठमाडौँ । शिव हमालको शब्द र संगीतमा मदन ढकाल र देवी घर्तीको आवाज रहेको ‘मिरमिरेमा बासेको भाले’ गीतको भिडियोमा कलाकार सागर लम्साल र सुनिशा बजगाईंले पहिलोपटक सहकार्य गरेका छन् । जुन भिडियो हेर्दा थाकेका आँखालाई शितलता प्रदान गर्छ । गीत सुन्दा प्रेमिल वातावरण तयार पार्दछ ।

यो गीतका निर्माता बसन्त भट्ट हुन् । जेरी भण्डारीको निर्देशनमा भीमफेदीको प्राकृतिक परिवेश समाबेश भिडियो टीएम म्यूजिक प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘मिरमिरेमा बासेको भाले,
हाँसी हाँसी मन चोर्‍यो मायाले ‘

मौलिकपन बोकेको गीत भएकाले गाउँको परिवेशलाई समेट्नका लागी भीमफेदी नै पुगेको भिडियो निर्देशक जेरीले बताए ।

भिडियोमा ‘बले’ र ‘सीता’ क्यारेक्टरलाई पनि उतारिएको छ । ‘सक्किगो नी’मा बले क्यारेक्टर र ‘सीता’ सिरियलमा सीता क्यारेक्टरबाट मन पराइएको पात्रलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गायक मदन ढकालले यो गीतलाई आशालाग्दो प्रोजेक्टको रुपमा हेरेको बताए । उनले यसअघि दर्जन बढी गीत गाइसकेका छन् । २०६२ सालदेखि सक्रिय शिव हमालले आफूले स्टेजमा छनोट गरेर गाउने गीतको सूचीमा यो पनि पर्ने बताउँछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ६ : ३७ बजे