६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

पाँचवीर राईद्वारा लिखित ‘जीवनका जंघार’को लोकार्पण



काठमाडौँ । पूर्व शिक्षक तथा थुलुङ समुदायकै अगुवा व्यक्तित्व पाँचवीर राईद्वारा लिखित जीवनका जंघारको लोकार्पण गरिएको छ ।

सोलुखुम्बुको देउसा रनेम चारघरेका ८६ वर्षीय राईको पुस्तकमा जीवनको सङ्घर्ष, जीवनको अनुभव लगायतका विषयलाई समावेश छ ।

शनिवार काठमाडौँ म्हेपी स्थित पारिजात स्मृति केन्द्रमा आयोजित एक कार्यक्रममा पूर्व रक्षा मन्त्री मानवीर राईले पुस्तकको लोकार्पण गरे ।

३५ वर्ष शिक्षण गरेका पाँचवीर राई गाउँ समाजलाई सत्मार्ग र रूपान्तरणको मार्गमा हिँडाउन खेलेको भूमिकालाई पनि पुस्तकमा चर्चा गरिएको छ । लोकार्पण कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिकाले अध्यक्ष असिम राईले थुलुङ समुदायको जिउँदो इतिहास पाँचवीर राईलाई सम्मान व्यक्त गर्दै स्थानीय सरकारले आगामी कृति प्रकाशनको जिम्मा लिने बचन दिए ।

कार्यक्रममा पुस्तक माथि समीक्षा गर्दै पुस्तक भित्रका रोचक, सघर्ष र योगदानको सटिक चर्चा गरिएको थियो । खिस्का सिरङमा काठामाडौंको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता बाडेन थुलुङले गरेका थिए ।

कार्यक्रममा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ, जिमी राई उत्थान समाज सोलुखुम्बुका अध्यक्ष एस बहादुर राई, डा. सुकराज राई लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, शनिबार  ९ : ११ बजे