७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

महाकुलुङ गाउँपालिका: वडा नं ४ बाट सुरु गरियो योजना सम्झौता घुम्ती शिविर



सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकाले वडा नं ४ बाट चालु आर्थिक वर्ष २०८२ ०८३ का लागि वार्षिक स्वीकृत कार्यक्रम र योजना सञ्चालनको लागि उपभोक्ता समिति गठन सम्बन्धी योजना सम्झौता शिविर सुरु गरेको छ ।

मङ्सिर ४ गतेको कार्यपालिकाको निर्णय अनुसार पौष ५ र ६ गते वडा न ४, पौष ७ र ८ गते वडा न ५, पौष ९ र १० गते वडा न ३, पौष २० र २१ गते वडा न २ तथा पौष २२ र २३ गते वडा न १ मा घुम्ती शिविरको तालिका बनाएको गाउँपालिकाले जनाएको छ। योजना सम्झौता प्रक्रियामा वडा कार्यालयले कागजी प्रक्रियामा सहजीकरण गरेको वडा नं ४ का वडा अध्यक्ष सरस्वती कुलुङले दिइन् ।

योजना सम्झौता शिविरले उपभोक्ता समितिलाई पालिका आवतजावतको समय र खर्च बचत भएको स्थानीय लाक्पा डोमा शेर्पाले बताए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : ५२ बजे