८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

रास्वपाकी सोविता गौतमलाई राप्रपाका युवा नेता सुजित केसीको चुनौती



काठमाडौँ । काठमाडौँ २ बाट राप्रपाका युवा नेता सुजित केसी सिफारिस भएका छन् ।

पेशाले कानुन व्यवसायी समेत रहेका काठमाडौँ २ का स्थानीय केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा पिएचडी गर्दै छन् ।

सोही क्षेत्रबाट राप्रपाले नेता केसीसँगै कुन्ती पोखरेल, नवराज सिम्खडा तथा दीपक केसीलाई पनि सिफारिस गरेको छ । यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित भएकी छन् ।

गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : ३४ बजे