१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

आर्यन सिग्देलको म्युजिकल जर्नी ‘बानी’सार्वजनिक



काठमाडौँ । चकलेटी नायक आर्यन सिग्देलको म्युजिकल जर्नी ‘बानी’सार्वजनिक भएको छ। दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको म्युजिकल जर्नीको कन्सेप्ट पनि उनै क्षेत्रीको हो । ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ पनि रोमान्टिक मुडमा देखिएका छन् ।

‘बानी’मा नेपालको एक युवा र सिक्कीमकी एक युवती बिचको बियोगान्त कथा देख्न सकिन्छ । भिडिओमा नेपालको युवा आर्यन हुन् भने उनको सिक्कीमकी युवती करुना श्रेष्ठसँग प्रेम बस्छ । प्रेम पछि आउने उताडचडावलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ । बानीका यसअघि दुईपोस्टर र टिजर सार्वजनिक गरिएको थियो ।

भिडिओमा सम्वाद दिनेशसँगै केशव भट्टराईले लेखेका छन् । भिडिओमा आर्यन र करुनासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय देख्न पाइनेछ । उत्सव दाहालको छायांकन रहेको भिडिओलाई विकाश दाहालले सम्पादन गरेका छन् । भिडिओको निर्देशन सुब्रत आचार्यले गरेका हुन् ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ४५ बजे