४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई मातृ शोक



काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई मातृ शोक परेको छ ।

अध्यक्ष राईका आमा देउधनी राईको ८७ वर्षको उमेरमा काठमाडौको गंगालाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राईको पार्थिव शरिरलाई गाउँमै लगेर अन्त्यष्टिको तयारी गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : १३ बजे