४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

बैङ्क चोरीको दुष्प्रयास प्रति वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको ध्यानाकर्षण



काठमाडौँ । वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले पुस २८ गते राती करिब १२ बजेको समयमा अज्ञात व्यक्तिले एनआईसी एसिया बैङ्कको शाखा कार्यालय सल्लेरीमा चोरीको दुष्प्रयास भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष पुष्पराज श्रेष्ठ र सचिव होमनाथ खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, बैङ्क तथा वित्तीय संस्थाहरूको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई खबरदारी गर्दछ ।

चोरी प्रयासको घटनाले बैङ्किङ क्षेत्रमा कार्यरत कर्मचारीहरूमा त्रास, असुरक्षा र मनोवैज्ञानिक दबाब सिर्जना गरेको मञ्चको निष्कर्ष छ ।

विज्ञप्तिमा थप भनिएको छ, यस प्रकारका आपराधिक क्रियाकलापले केवल कर्मचारीहरूको सुरक्षामाथि प्रश्न उठाएको छ, यसले गर्दा सार्वजनिक वित्तीय प्रणालीप्रतिको विश्वासमा समेत आँच पुर्‍याउने खतरा उत्पन्न भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ०८ बजे