११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘स्नोज एम्बेसडर कास्की’ छिट्टै


२० चैत्र २०८२, शुक्रबार  

18
Shares

काठमाडौं — काठमाडौँ, ओखलढुंगा र सोलुखुम्बुमा ‘स्नोज एम्बेसडर’ पेजेन्ट सफलतापूर्वक सम्पन्न गरेको स्नो सञ्चार प्रा.ली. ले कास्कीमा ‘स्नोज एम्बेसडर कास्की’ सञ्चालनको अन्तिम तयारी गरेको छ।

कम्पनीका सिइओ सम्भव राउत क्षेत्रीका अनुसार पोखरास्थित साइमन पार्टी प्यालेसमा आगामी बैशाख ५ गते पहिलो अडिसन आयोजना गरिनेछ।

आयोजकका अनुसार पेजेन्टमा नृत्य, गायन, नाटक, कविता, चित्रकला, पब्लिक स्पिच तथा मोडलिङजस्ता विभिन्न विधालाई समावेश गरिएको छ। सहभागीहरूलाई १५ दिनसम्म विधागत प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयाँ नगदसहित नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय पेजेन्टमा सहभागी बन्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै, द्वितीय र तृतीय हुनेलाई क्रमशः २२ हजार २२२ रुपैयाँ र ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ३३ बजे