काठमाडौँ । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका काठमाडौँ फर्पिङका गीतकार मणीराज बस्नेतले ‘नदेखेरै नभेटेरै माया बस्यो तिमि सँग’ सार्वजनिक गरेका छन् ।
मणीराजको गीत, गैह्रे सुरेशको संगीतमा तयार पारिएको गीतमा स्वरुपराज आचार्यको स्वर छ । राजन इशानको एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई मणी इन्टरटेन्टमेन्टमा यूट्युवमा अपलोड गरिएको छ ।

मेनुका बस्नेत निर्माता रहेको गीतको भिडियो निर्देशन विरेन्द्र भाट विपिनले गरेका छन् । भिडियोमा दिपेन्द्रराज गिरी र संगीता चौहान फिचर्ड छन् । भिडियो सम्पादन निर्देशक आफैँले गरेका छन् भने सिनेमेटोग्राफर रविन्द्र बराल छन् ।
२ दशक बढी अमेरिकामा रहेका बस्नेतले ४ दर्जन बढी गीत सृजना गरिसकेका छन् ।
























