२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

दीप श्रेष्ठको स्वरमा “दुःख माथी दुखै दुःख”


२४ बैशाख २०८३, बिहिबार  

12
Shares

काठमाडौँ । लामो समय देखि अमेरिका बस्दै आएका मणीराज बस्नेतले एक पछि अर्को गीत सार्वजनिक गरेका छन् । वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको नयाँ भावनात्मक गीत “दुःख माथी दुखै दुःख” बोलको गीतले जीवनका पीडा, संघर्ष र भावनात्मक अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

गीतका शब्द मणीराज बस्नेतले लेखेका हुन् भने संगीत तथा एरेन्ज बिबि अनुरागीले गरेका छन्। गीतमा विष्णु विसी, करुणा गन्धर्व र सुनिता लोहोनीको कोरस स्वर सुन्न सकिन्छ।

रेकर्डिङ कार्य कमल थापा, गोविन्द अनेक र बिमल गौतमले गरेका हुन्। गीतको मिक्सिङ पनि कमल थापाले गरेका छन् भने मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका छन्। गीतको रेकर्डिङ प्रिज्मा स्टुडियोमा गरिएको हो।

संगीत संयोजनतर्फ गिटारमा सन्जिव बराइली, बाँसुरीमा रत्न विक, रिदममा भुवन गन्धर्व तथा सारङ्गीमा हेमन्त कान्छाको साथ रहेको छ। गीतलाई मणी इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोका निर्माता मेनुका बस्नेत हुन् भने निर्देशन निकेश खड्काले गरेका छन्। भिडियोमा गौरव पहारी र आयुश्मा कार्कीको अभिनय देख्न सकिन्छ।

उक्त भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन्। निर्माण व्यवस्थापन सुदिप ढकालले सम्हालेका छन् भने मेकअप माही सिंहले गरेकी छन्।

भावनात्मक शब्द, अनुभवी स्वर र मौलिक संगीत संयोजनका कारण “दुःख माथी दुखै दुःख” ले दर्शक–श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ। बस्नेतले एक महिना अघि मात्रै ‘न देखेरै, न भेटेरै माया बस्यो’ बोलको गीत ल्याएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ९ : २० बजे