२५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026

रोयल ग्लोबल क्विन नेपाल तथा किड्स रनवे सिजन फाइभका विजेतालाई भियतनाम र बाली लगिने



काठमाडौं । मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल सिजन–२ तथा किड्स रनवे सिजन–५ का विजेताहरू घोषणा गरिएको छ।

शनिबार भक्तपुरस्थित हेरिटेज प्यालेसमा सम्पन्न प्रतियोगितामा मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल सिजन–२ को उपाधि आकृति चौधरी र माया क्षेत्रीले जितेका छन्। प्रतियोगिताको फस्ट रनरअप चन्दा कपाली र सृष्टि कडायत बनेका छन्।

त्यसैगरी, किड्स रनवे सिजन–५ को उपाधि प्रान्सी तुलाधर र बेदाश्री राज्यलक्ष्मी राणाले जितेका छन्। प्रतियोगितामा नाम्दिन सुब्बा र सान्भिका बज्राचार्य फस्ट रनरअप घोषित भए।

कार्यक्रममा १४ जना बालबालिका तथा १७ जना विवाहित र अविवाहित महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रंग पत्रकार प्रकाश सुवेदी रहेका थिए।

आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनी का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोनु शाहका अनुसार प्रतियोगिताका विजेताहरूलाई नेपालका तर्फबाट भियतनाम र बालीमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराइनेछ।

प्रतियोगितामार्फत बालबालिका तथा महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको प्रतिनिधित्व गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ३ : २० बजे