काठमाडौं । एउटै स्टेजमा बरिष्ठ गायिका देविका बन्दना र सञ्चारकर्मी शिखरजंग श्रेष्ठ सम्मानित भएका छन् भने सञ्चारकर्मी समेत रहेकी गीतकार गीता अधिकारी ‘अवार्डेड’ भएकी छिन् ।
आइतबार काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) समारोहमा ‘रजत साधना सम्मान २०८२’ बाट लामो समयदेखि क्रियाशिल बरिष्ठ गायिका देबिका बन्दना सम्मानित भएकी हुन् ।
त्यस्तै लामो समयदेखि सञ्चारकर्मका माध्यमबाट सांगीतिक क्षेत्रमा योगदान पू¥याउँदै आएका सञ्चारकर्मी शिखरजंंग श्रेष्ठ ‘संगीत पत्रकारिता सम्मान२०८२’ बाट सम्मानित भए ।
सोहि समारोहमा सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले यो वर्षको ‘सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)’ को अवार्ड प्राप्त गरिन् । गीताले ‘माटोको सुगन्ध’ गीतबाट उक्त अवार्ड चुमेकी हुन् ।
कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो भने बिभिन्न ३० विधाका ४२ स्रष्टा तथा सिर्जनालाई अवार्ड प्रदान गरिएको थियो ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा सम्पन्न कार्यक्रमलाई इरा प्रोडक्सन प्रालिले कार्यक्रम व्यवस्थापन गरेको थियो ।

























