काठमाडौँ । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्स ले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौँ–विराटनगर–काठमाडौँ तथा काठमाडौँ–काकडभिट्टा–काठमाडौँ रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ।
यात्रुको सहजता र आरामलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको उक्त बसमा वासरूम (दिशा–पिसाब गर्ने) सुविधा उपलब्ध रहेको छ। विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लामो दूरीका यात्रुका लागि यो सेवा निकै उपयोगी हुने कम्पनीको विश्वास छ।
बसमा यात्रुलाई स्वागतस्वरूप रसुवा पानी र वेलकम स्न्याक्स प्रदान गरिनेछ। साथै निःशुल्क वाइफाइ, एसी, मोबाइल चार्जिङ सुविधा, दुई बाई दुई सोफा सिट तथा ब्ल्याङ्केटको समेत व्यवस्था गरिएको छ।
रुद्रशक्ति ट्राभल्सका काठमाडौँ व्यवस्थापक उमेशराज भण्डारीले यात्रुलाई सुरक्षित, सहज र सुविधासम्पन्न यात्रा अनुभव प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।
त्यस्तै कम्पनीका अर्का व्यवस्थापक श्याम थापाले आधुनिक सुविधा र गुणस्तरीय सेवामार्फत यात्रुको विश्वास जित्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको जानकारी दिए।
रुद्रशक्ति ट्राभल्सले यात्रुको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै नेपाली यातायात क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ। वासरूमसहितको बस सेवाले विशेषगरी लामो दूरीका यात्रुहरूलाई थप सहज र आरामदायी यात्रा अनुभव दिलाउने अपेक्षा गरिएको छ।
बसको टिकट बुकिङ जोरपाटी, गौशाला, कोटेश्वर, कलङ्की लगायत रुद्रशक्ति यातायात प्रा. लि. का आधिकारिक टिकट काउन्टरहरूबाट गर्न सकिने कम्पनीले जनाएको छ। थप जानकारी तथा टिकट बुकिङका लागि 01-4910038, 9709166877 र 9851058487 नम्बरमा सम्पर्क गर्न सकिनेछ।

























