सोलुखुम्बु । अपरान्ह आएको पहिरोमा एक घर पुरिँदा सोलुखुम्बुको टाप्टिङमा २ जनाको मृत्यु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उनका छोरी र बुहारीको मृत्यु भएको वडा अध्यक्ष होमबहादुर मगरले बताए ।
पहिरोमा परि उनका ३० वर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष मगरले बताए ।
घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी द्वारिका घिमिरेले जानकारी दिए । प्रहरी घटना स्थल एक पुग्नासाथ घटनामा भएको क्षतिको विवरण आउने डिएसपी घिमिरेले बताए । ekantipur