१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल



काठमाडौं । निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबल भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले निजामती सेवा विधेयक टेबल गरेका हुन् । आइतबार उक्त विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो ।

संसदीय समितिमा लामो छलफलपछि संघीय निजामती विधेयक समितिबाट पारित भएको विधेयकमा हेराफेरी गरेर प्रतिनिधिसभाबाट पारित भएको विषय अहिले विवादित रहेको छ ।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो । सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर, त्यसलाई परिवर्तन गरी अर्को नियुक्ति पाउन सक्ने दफा समावेश गरिएको विषय अहिले विवादित रहेको छ ।

निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा जालझेल गरिएको भन्दै राज्यव्यवस्था समितिका सभापति र समितिका सचिवमाथि दबाब बढेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ०१ बजे