२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025

माओत्से गुरुङको निर्देशनमा ‘पेन्सनपट्टा’ बन्ने, दयाहाङ अनुबन्धित



काठमाडौँ । माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’ मा दयाहाङ राई अनुबन्धित भएका छन् । यसअघि गुरुङको डेव्यु निर्देशनमा बनेको ‘दयारानी’ मा दयाहाङले प्रमुख भूमिका निभाएका थिए ।

दोस्रो सहकार्य अझै परिस्कृत ढंगले अगाडि बढाउनुका साथै यस फिल्मको कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने गुरुङले बताएका छन् ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङबाहेक फिल्मका अन्य कलाकार चाडै सार्बजनिक गरिने बताइएको छ । सिनेमाको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ ।

निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । गुरुङ कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : ०२ बजे