१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाललाई एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि



काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन पनि हो । गत संस्करणमा फाइनलमा नेपालले मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस प्रतियोगितामा ६ खेलमा २९६ रन बनाएका नेपालका रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी बनेका छन् । साथै उनले प्रतियोगित को उत्कृष्ट ब्याट्सम्यानको उपाधि पनि जिते । त्यस्तै नेपाली टिमका कप्तान विपिनप्रसाद शर्मा प्रतियोगित को उत्कृष्ट बलर बनेका छन् । उनले यस प्रतियोगितामा कुल १७ विकेट लिएका थिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ४१ बजे