१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

कुलिङ पिरियडको हेरफेर छानबिन गर्ने समितिको पहिलो बैठक आज बस्दै



काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेर बारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक आज बस्ने भएको छ ।

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज दिउँसो १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्न लागेको हो ।

सोमबारको प्रतिनिधि सभाको बैठकले कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा काँग्रेसबाट परियारसहित सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ४४ बजे