१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला



धादिङ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ ।

त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । शव दुवै जना पुरुषको रहेको र हाल घटनास्थल प्रहरीको टोली पुगेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ११ : ५३ बजे