काठमाडौँ । कमेडियन खड्गबहादुर पुन ‘खबपु’ को मुख्य भूमिका रहेको फिल्म ‘चिट्ठी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले आगामी भदौ २० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराएको हो । कुवेर सिने डिस्ट्रीब्युसनले फिल्मलाई देशभर वितरण गर्नेछ ।
माधवराज खरेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा खड्गबहादुरसहित सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेल, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई लगायतको अभिनय रहेको छ ।
सञ्चारकर्मी कमला जोशीको लगानीमा बनेको फिल्ममा सरोज कोइरालाको संगीत, जीवन पराजुली र राजन खरेलको छायांकन, राजेश कुमारको सम्पादन, समीर मियाँको ग्राफिक्स तथा भिएफएक्स, किरण दाहालको द्वन्द्व निर्देशन तथा पुष्कर खत्रीको पार्श्व संगीत रहेको छ ।
























