१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं



काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ ।

बुधबार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको उल्लेख गरेको हो ।’

दुताबासले भनेको छ- ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।’

दुताबासले कुनै सन्दर्भ उल्लेख नगरेपनि पछिल्ला दिनहरुमा ठुलो संख्यामा नेपालीहरु अमेरिकाबाट डिपोर्ट भइरहेकोप्रति संकेत गरेको बुझिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बुधबार  ५ : १५ बजे