१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नारायणी नदीमा वेपत्ताको शव फेला



चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोहि महानगरपालिका–१५ सुर्यनगर बस्ने १५ बर्षिय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदिको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले घटनास्थलको करीब २५ फिट गहिराइबाट निजको शव निकालेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  ६ : २६ बजे