१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एनआरएनए अस्ट्रेलियाको एनसिसीमा अमरले दिए उम्मेदवारी, यस्ता छन् अमरका एजेन्डा 


१० श्रावण २०८२, शुक्रबार  

6
Shares

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ  (एनआरएनए) अस्ट्रेलियाको  नयाँ कार्यसमितिका लागि अमर पौडेलले एनसिसी (सदस्य) पदका लागि न्यु साउथ वेल्स स्टेटबाट उम्मेदवारी  दर्ता गराएका छन् । अस्ट्रेलियामा रहेका आम नेपाली युवाहरूमाझ लोकप्रिय, सहयोगी र मनकारी युवाका रूपमा आफ्नो छुट्टै छवि बनाउन सफल अमरको उम्मेदवारीले माहौल नै भिन्न बनाएको छ । 

अमरको  यो निर्णयले अस्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह  गरेको  सिड्नीमा बसोबास गर्दै आएका नेपाली युवाहरू बताउँछन् ।   निर्वाचनको पूर्व सन्ध्यामा हामीसँगको कुराकानीमा अमरले भने  हिजोका अनुभव र आजको सक्रियता जोडेर, हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो। 

सन् २०१६ मा विद्यार्थी भिसामा  अस्ट्रेलिया प्रवेश गरेका अमरले आईओई इन्जिनियरिङमा स्नातक र अस्ट्रेलियाबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।  हाल व्यवसायी इन्जिनियर र उद्यमीका रूपमा सिड्नीमा रहेर सिङ्गो अस्ट्रेलियामा रहेका नेपालीहरूमाझ लोकप्रियता कमाइरहेका अमर  भोलीका दिनमा आफु  गैर आवासीय नेपाली सङ्घ  अस्ट्रेलियाको नयाँ कार्यसमितिमा बसेर फरक र प्रभावकारी ढङ्गले काम गर्न चाहन्छन् ।  उनले भोलीका दिनमा आफु  कार्यसमितिमा रहेर काम गर्ने मौका पाएको खण्डमा उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने  कुरामा जोड दिए ।

अमरले शिक्षा, आप्रवासन, ट्राभल र होस्पिटालिटी, रियल स्टेट र आइटी ट्रेनगं इन्स्टिच्युट  क्षेत्रका विभिन्न व्यवसायहरू अस्ट्रेलियाका विभिन्न राज्यहरू र विदेशसम्म सञ्चालन गरिरहेका छन्।  विद्यार्थी जीवनदेखि नै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई बसोबास, खानपान र आर्थिक सहयोगमा सहजीकरण गर्दै आएको अनुभव पनि उनको परिचय हो । सहयोगी, मिलनसार, भद्र र सहयोगी मन नै अमरलाई अमर गराउने सूत्रहरू हुन ।

अस्ट्रेलियामा सबै वर्ग, तह र तप्काका व्यक्ति  व्यक्तित्वहरू माझ राम्रो पहिचान बनाएका अमर आगामी दिनमा पनि सामुदायिक हितका लागि निरन्तर क्रियाशील रहने अठोटसहित गैर आवासीय नेपाली सङ्घमा आफ्नो उपस्थितिले  आफ्नो संस्थालाई  थप मजबुत बनाउने  कुरामा जोड दिन्छन् । 

२६ जुलाईमा एनआरएनए अस्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदै छ। जसका लागि अमरले सक्रियताका साथ तीव्र गतिमा प्रचार प्रसार गरिरहेका  छन् । निर्वाचनको पूर्व सन्ध्यामा अमरले आफ्ना एजेन्डाहरू सुनाउँदै भने अस्ट्रेलिया पुगेका  बिद्यार्थीहरुलाई साथ समर्थन दिनु मेरो मुख्य उद्देश्य रहनेछ ।

अस्ट्रेलिया पुगे लगत्तै अप्ठ्यारोमा परेका विद्यार्थीलाई वार्षिक रूपमा काउन्सिल गर्ने, आवश्यक परेको खण्डमा स्वास्थ्य उपचारसम्मको   सहयोग गर्ने उनले बताए ।  त्यस्तै अष्टेलियामा रहेर पनि व्यापार व्यवसाय गर्न नसकिरहेकाहरूलाई अमरले सेमिनार र विभिन्न कार्यक्रम मार्फत अघि बढ्ने हौसला दिने बताए । उनले सञ्जीव गोर्खाली ढकालको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ११ : १३ बजे