सोलुखुम्बु । वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको नयाँ नेतृत्व चयन भएको छ।
आज सल्लेरीमा सम्पन्न चौथो अधिवेशनले पुष्पराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्व सहमतिका साथ चयन गरिएको छ । कोषाध्यक्ष सहित बाँकी ३ जना सदस्यहरू कार्य समिति बैठकले मनोनीत गर्नेछ ।
समितिको उपाध्यक्षमा पुष्प प्रधान, सचिवमा होमनाथ खत्री, सहसचिवमा प्रेमकुमार राई चयन भएका छन् ।
सदस्यहरूमा चतुरमान तामाङ, सुजन कुलुङ, सुजन कठेत, प्रमीला श्रेष्ठ, खोम बहादुर साउद लगायत ९ सदस्य चयन भएको सचिव होमनाथ खत्रीले जानकारी दिए ।
























