१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार चौथो जित


१२ श्रावण २०८२, आइतबार  

4
Shares

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको जारी टी-२० सिरिजमा लगातार चौथो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले अविजित ५५ रन बनाएका थिए भने जोश इङलिशले ५१ रन बनाए । त्यस्तै ग्लेन म्याक्स वेलले ४७ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

यो जितसहित अस्ट्रेलियाले ५ खेलको सिरिजमा ४-० को अग्रता हासिल गरेको छ । अब सिरिजको अन्तिम खेलमा मंगलबार हुने छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  १० : ४० बजे