१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

स्कारपियो गाडीमा ठुलो परिमाणको लागूऔषधसहित चार जना नियन्त्रणमा


१२ श्रावण २०८२, आइतबार  

12
Shares

हेटौडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती करीव साढे ८ बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन् ।

भारतको सुगौलीबाट पर्साको बीरगंजहुँदै काठमाडौतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएकाहरुमध्ये २४ वर्षिय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।

बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ ।

उक्त लागूऔषध उनीहरुले कसरी के प्रयोजनको लागि ल्याईएको हो खुलाउन सकेका छैनन् । नियन्त्रणमा लिएकाहरुलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाईएको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  १० : ४५ बजे