६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै सोलुदुधकुण्ड


२९ भाद्र २०८०, शुक्रबार  

76
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगरबासीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विहीबार वित्तीय कर्मचारी मञ्चसँगको बैठकले सोलुदुधुकण्डका ११ वटै वडामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।

उनले भने, ‘सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक क्रियाकलापलाई चलायमान गरी अर्थतन्त्रमा सुधार गर्न वित्तीय कर्मचारी मन्च सोलुखुम्बुसँगको सहकार्यमा विषेश वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने निष्कर्षमा पुगेका छौँ ।’

बैठकमा प्रमुख पैशासकीय अधिकृत कोपिला राईसहित वित्तीय कर्मचारी मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १ : ४४ बजे