सोलुखुम्बुको साबिक गाविसस्तरीय महाकुलुङ क्षेत्रका वडाभित्रका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा मेलमिलापकर्ताहरूको सहभागितामा कानुनी आधारभूत साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले सामान्य दैनिक जीवनमा आइपर्ने विवाह तथा सम्बन्ध विच्छेद, महिला तथा लैंगिक हिंसा, लेनदेन, अंशबण्डा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी कानुनी विषयमा आधारभूत जानकारी हासिल गरेका थिए। जिल्ला सरकारी वकिल कार्यालयको समन्वयमा आयोजित…