१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय हुने भएका छन् । संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए । उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।