२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

गजल-‘चप्पल फाटेको छ’


२९ श्रावण २०८०, सोमबार  

100
Shares

जेबि “जिज्ञासु”

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका २

साहुको सय तिर्नु छ; चप्पल फाटेको छ।

टाल्न बजार छिर्नु छ; चप्पल फाटेको छ।

आएन नयाँ वर्ष खै छाएन हर्ष कैल्यै !

पुरानै भोटो भिर्नु छ; चप्पल फाटेको छ।

म भर्याङ्ग हूँ भोट दिने; नेता जिताउने!

गँवार गाउँले; गिर्नु छ; चप्पल फाटेको छ।

संसार स्वार्थी छ;थाहा छैन पिशाच को हो?

न डुल्नु छ न फिर्नु छ; चप्पल फाटेको छ।

भोकले सीमा नाघ्यो; होसियार अत्याचारी!

तेरो साम्राज्य चिर्नु छ; चप्पल फाटेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : २६ बजे