२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

पौडीसँगै र्‍याफ्टिङका लागि उत्कृष्ट गन्तव्य बन्दै रिभरफर्न रिसोर्ट



काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै काठमाडौं नजिकैको सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा अवस्थित रिभरफर्न बीच रिसोर्ट पर्यटकको रोजाइमा पर्न थालेको छ। हाल यो रिसोर्ट पौडी र र्‍याफ्टिङ का लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

रिसोर्टले पर्यटकलाई आकर्षित गर्न विशेष छुटको व्यवस्था गरेसँगै यहाँको चहलपहल झनै बढेको हो। शानदार पौडी पोखरीमा रमाउने र सुनकोशी तथा भोटेकोशी नदीमा र्‍याफ्टिङको मज्जा लिने पर्यटकहरूलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरिएको छ।

काठमाडौंबाट काभ्रे हुँदै ६८ किलोमिटर दूरी पार गरेपछि यो रिसोर्ट पुग्न सकिन्छ। सुकुटे बजारबाट सुनकोशी नदी तरेर मात्र ९०० मिटर पर पुगिने यो रिसोर्ट सुकुटे क्षेत्रकै उत्कृष्टमध्ये एक मानिन्छ। केही युवाहरूको समूहले सञ्चालन गरेको रिभरफर्न रिसोर्ट ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ।

पहाड र हरियालीले घेरिएको यस रिसोर्टमा गुणस्तरीय अर्गानिक खाना, आरामदायी कोठा तथा टेन्टको व्यवस्था भएकाले धेरै पर्यटकको पहिलो रोजाइ बन्न सफल भएको छ। यस रिसोर्टमा सभा, सम्मेलन, बैठक आदिका लागि हल को समेत व्यवस्था छ।

रिसोर्टले साथीभाई, परिवार वा प्रियजनसँग रमाइलो रात बिताउन चाहनेहरूका लागि डीजे म्यूजिक, वार बी क्यू पार्टी र मनोरञ्जनात्मक खेल खेल्ने सुविधा समेत उपलब्ध गराइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  १ : २२ बजे