सोलुखुम्बु । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक महासंघ सोलुखुम्बुको तेस्रो जिल्ला अधिबेशनले बाबुराज कुलुङको नेतृत्वमा १३ सदस्सीय कार्यसमिति गठन गरेको छ ।
मंगलबार नेचासल्यान २ मा सम्पन्न अधिबेशनले केन्द्रीय प्रतिनिधिमा बाबुराजा केसी, टेक नाछिरिङ, अश्विनबाबु थापा, तारा बहादुर खत्री ‘मिलन’ र तारा भण्डारी तोकिएको छ भने प्रदेश प्रतिनिधिमा कृष्ण बहादुर राई, शान्ति बस्नेत, मेम कुमारी राजभण्डारी, टेक बहादुर बस्नेत, मनिष घतानी र प्रवेश राई तोकिएका छन् ।
नेपाल साँस्कृतिक महासंघको केन्द्रीय प्रतिनिधि बालकृष्ण निरौला र कोशी प्रदेश सभापति चिरन्जीवी बस्नेतको विशेष उपस्थितिमा भएको कार्यक्रम कांग्रेस नेता तथा पूर्व मन्त्री बल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मन्तव्य राख्दै केसीले एक भएर अघि बढ्न सके मात्रै जिल्लामा कांग्रेसको साख जोगाउन सकिने भनाई राखे ।

कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई, कांग्रेस सोलुखुुम्बुका निर्वतमान अध्यक्ष निनोद बस्नेत, महाधिबेशन प्रतिनिधि प्रकाशसिंह कार्की, पार्टी सचिव भलाकाजी कुलुङ र युवराज घिमिरे, थुलुङ दुधकोशी गाउँपालिका ६ का वडाध्यक्ष महेन्द्रदीप राई लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशनको उद्घाटन सत्रमा लोपन्मुख पञ्चेबाजा, संगीनी नाच, स्वस्तिक वाचन लगायतका गतिविधि प्रदर्शन गरिएको थियो ।

























