३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

महानायक राजेश हमालको ८ वर्षपछि कमब्याक, यस्तो छ ‘नरसिंहाः अवतार’को फस्टलुक


१८ चैत्र २०८१, मंगलबार  

2
Shares

काठमाडौँ । महानायक राजेश हमाल ८ वर्षपछि फिल्म ‘नरसिंहाः अवतार’मार्फत कमब्याक हुदैछन् । हमालले यसअघि ‘सकुन्तला’ फिल्म खेलेका थिए ।

सोमबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा फिल्मको फस्टलुक सार्वजनिक सँगै प्रदर्शन मिति तय गरिएको छ । पाँच सय बढी विद्यार्थीहरूको उपस्थितिमा फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई आउँदो वर्षको जेठ ९ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए ।

यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारको अभिनय छ ।

राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् । कार्यक्रममा विद्यार्थीहरुमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई फिल्मका कलाकारहरूले उपहार प्रदान गरे ।

यो फिल्म हेर्न आफूहरू निक्कै उत्साहित भएको ग्लोबल कलेजका विद्यार्थीहरूले बताए । फिल्म ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  २ : २९ बजे