३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

सकियो ऐतिहासिक चामुण्डा रथयात्रा



काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सकिएको छ ।

चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा गणेश, भैरव र चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ ।

रथ यात्रामा प्रतिनिधि सभा सदस्य तथा अर्थ समिति सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडाध्यक्ष लगायत हजारौँ भक्तजन सहभागीता रहेको थियो । चामुण्डाको रथलाई नगर परिक्रमा समेत गराइएको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा चामुण्डा देवीको मन्दिर रहेको छ । मन्दिरमा प्रत्येक दिन स्थानीयवासी भक्तजनको भीड लाग्ने गर्छ । ४५ वर्षदेखि गोकर्णेश्वरबासीले इष्ट देवताको रुपमा पुज्दै आएका छन् ।

आजैको दिन चामुण्डामा पञ्च बली दिने र सो प्रसाद लिएर घर फर्कने परम्परा रहेको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ४ : १८ बजे