३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

लिखुपिकेबाट घाइते शिक्षकको हेलिकप्टरबाट उद्धार 


२७ चैत्र २०८१, बिहिबार  

288
Shares

सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकाबाट दुर्घटनामा परेका एक शिक्षकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित धामिबारीका शिक्षक सोम प्रसाद घिमिरे ट्याक्टरबाट दाउरा झार्ने क्रममा दुर्घटनामा परेका थिए । उनको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको पहलमा जिल्ला प्रशासन कार्यालय मार्फत उद्धार गरी अन्नपूर्ण न्युरो अस्पताल ल्याइएको हो ।

‘पर्यटकीय सिजन भएकाले  निजी कम्पनीका हेलिकप्टर व्यस्त रहेकाले नेपाली सेनासँग गुहार माग्नुपरेको हो ।’  गाउँपालिका अध्यक्ष कार्कीले भनिन्, ‘यहाँ उपचार सम्भव नभएको हुँदा जसरी पनि काठमाडौँ लानुपर्ने अवस्था देखियो, तर  सडक मार्गबाट काठमाडौँ लान नसकिने अवस्था रहेको थियो।  चौलाखर्क स्वास्थ्य चौकीमा नै अक्सिजन लगाई स।मान्य उपचार पछि बिहीबार बिहान उद्धार गरियो ।’

घाइते घिमिरे हिमगंगा माविका शिक्षक हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १२ : ४९ बजे