३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

राष्ट्रिय मोही दिवस मनाउदै मोही सेवन अभियानको शुभारम्भ


२७ चैत्र २०८१, बिहिबार  

2
Shares

काठमाडौँ । पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन एवं विभिन्न सरकारवाला संस्थाहरूको आयोजनामा राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको छ ।

बानेश्वर स्थित एक होटलमा दुग्ध विकास संस्थान, केन्द्रीय सहकारी सङ्घ लिमिटेड, उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र, केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघ लिमिटेड, नेपाल कृषि तथा पशुपन्छि व्यवसाय संघ, कृषि पत्रकारहरूको संस्था अनाज, रोटरी क्लब कपनका प्रतिनिधिहरूको उपस्थिति एवं प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रको प्रमुख अतिथ्यता एवं राष्ट्रिय विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सिडिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, केन्द्रीय मत्स्य सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारी, नाल्बाका महासचिव श्रीकृष्ण भण्डारी, अनाजका अध्यक्ष किरण आचार्य, रोटरी क्लब अफ कपनका अध्यक्ष नियुक्ति शेर्पा, पूर्व अध्यक्ष मनोज कुमार घिमिरे, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, राष्ट्रिय दूध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल एवं डेरी उद्योगीहरू, पत्रकारहरु, किसानहरु एवं शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब मिश्रले अध्यक्ष प्रल्लाद दाहाललाईले शुरु गरेको मोही अभियानको प्रसंशा गर्दै यस्ता किसिमका अभियान अब देशैभरि शुरु गर्नुपर्ने र यो अभियान शुरु गरेकोमा एसोसिएसन परिवारलाई विशेष धन्यवाद दिए ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादबले नेपाल डेरी एसोसिएसनले सधैं अलि फरक ढंगले कार्यक्रम गर्ने गरेको बताउँदै यस्ता किसिमका गतिविधिले दुग्ध क्षेत्रलाई सहयोग पुर्‍याउने कुरा बताए । वरिष्ठ उपाध्यक्ष सापकोटाले किसानको तर्फबाट पनि मोही अभियानता दाहाललाई विशेष धन्यवाद दिंदै राज्यले पनि सम्मान गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष, कृषि उद्यम केन्द्रका बोर्ड सदस्य एवं राष्ट्रिय मोही अभियानता प्रल्हाद दाहालले राष्ट्रिय मोही अभियानमा साथ सहयोग गर्नु हुने पत्रकारहरु एवं सबै डेरी उद्योगी मित्रहरुलाई धन्यवाद दिंदै मोही अभियान सफल भएकोमा खुशी ब्यक्त गरे ।

मोही अभियानमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई एसोसिएसनको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रम पछि खाजाको रुपमा भुटेको मकै, गुन्द्रुकको अचार, भट्मास र मोही खुवाइएको थियो भने सचीवले ठेकीमा मोही तुल्याई अनुभव लिइएका थिए ।

नेपाल डेरी एसोसिएसनले दुई वर्ष अगाडिबाट विद्यालय, अस्पताल, आश्रम विभित्र सामाजिक संघ संस्थामा निःशुल्क मोही सेवन गराउँदै आइरहेको छ । यहि क्रममा काठमाडौंको दरबार मार्गमा रहेको रैथाने कृषि उपज बिक्री गर्ने स्थान ओरियन्ट क्याफेमा हरेक शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म परम्परागत रुपले ठेकीमा मोही तुल्याई निःशुल्क बितरण गरिरहेको छ ।

हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई निःशुल्क सेवन गराइएको छ । सो मोही नेपाल डेरी एसोसिएसनले ब्यवस्थापन गर्दै आएको छ। हालसम्मको हिसाबमा नेपाल डेरी एसोसिएसनले २० लाख बराबरको निशुल्क मोही सेवन गराएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ४ : ५३ बजे