काठमाडौँ । सोलुखुम्बुका सम्भव राउत क्षेत्रीले एकै पटक अन्तर्राष्ट्रिय स्तरको ३ उपाधि हात पारेका छन् ।
काठमाडौँमा सम्पन्न प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै राउतले १७ देखि १९ वर्षको उमेर भित्र समूह इ बाट ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड–२०२५’ को टाइटल उपाधि हात पारेका छन् ।
प्रतियोगितामा नेपालबाट सहभागी भएका उमेर समूहका प्रतियोगीमध्ये पनि राउत नै विजेता बनेका छन् । त्यस्तै, बिलिजी रनवेमा समेत उनी विजेता बनेका छन् ।
४ वर्ष देखि ५० वर्ष माथिका उमेर समूहका व्यक्तिको सहभागिता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा प्रतिस्पर्धा गराइएको आयोजक फेसन एराले जनाएको छ ।
राउत नेचासल्यान गाउँपालिका १ रुङगामा जन्मेका हुन् ।