१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

तुलाले मकाउबाट ल्याएको ‘जुन झारी दिउँला’को चर्चा



काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको ‘जुन झारी दिउँला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई कैद गरेका छन् ।

प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने ‘जुन झारी दिउँला’मा निर्देशक समेत रहेका तुलाले मोडलद्धय मोहन कुमार र सम्झना तमाखुलाई अभिनयमा उतारेका छन् । सार्वजनिक गीतका दुवै मोडल नयाँ भएपनि उनीहरुको अभिनय हेर्दा लाग्छ उनीहरु चल्तिका कलाकारहरु हुन् ।

भिडियोमा गायक तथा निर्देशक तुलाले परदेशी भूमिमा पनि कम स्रोत र साधनको प्रयोग गर्दै भरपूर रुपमा भिडियोलाई वाईड स्क्रिनमा देखाउने गरेको कोशिश तारिफ योग्य छ । करिब २ दशकदेखि मकाउमा रहेर आफ्नो कामलाई थाँती दिँदै म्यूजिक भिडियोको क्षेत्रमा पनि अनवरत रुपमा सक्रियता देखाउँदै आएका तृुलाले यो भिडियोबाट दर्शकको मन जित्नेमा झनै आशावादी छन् ।

निर्देशक तुलाकै अफिसियल च्यानल वाइड स्किन मिडियाबाट बजारमा आएको भिडियोले आम दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेको निर्माण यूनिटको भनाई छ । भिडियोको छायांकन र सम्पादन निर्देशक तुलाले नै गरेका हुन् । मकाउमा मात्रै उनले यो भिडियो सहित गरेर दर्जन बढी छायांकन गरिसकेका छन् । जसमा उनले नेपाली कलाकारहरुका अलावा मकाउकै स्थानीय मोडललाई समेत अभिनय गराइसकेका छन् ।

तुला पर्वतका हाम्रो चितवन, आउँदैछु त्यो प्यारो गाउँमा, पिउँदा पिउँदै, फर्की आउन पाउँ, नशृगार छ तिम्रो, आफ्नै भएपनि, विरहमा, माया मारर गयौ, हल्का हल्का, आधा सपना सर्ट फिल्म, लगायतका कैयौँ सृजनाहरु बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ३२ बजे