सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले गत असोज १०, ११ र १२ गते अविरल बर्षासहितको पहिरोले घरमा क्षति पुर्याएका पिडित ७ परिवारलाई आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाले वडा नम्बर ९ र १० का ३ घर परिवारलाई २ लाख ५० हजारका दरले र २ का ४ घरपरिवारलाई १ लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरेको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
नगरले पहिरोमा परेर ज्यान गुमाएका वडा नम्बर ९ र १० का परिवारलाई सोही समयमा नै ५० हजारका दरले आर्थिक सहयोग गरिएको थियो ।