१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

‘जानै लाग्यो बैँस रिमै’भन्दै आए लक्ष्मी र हेमन्त कान्छा


५ बैशाख २०८२, शुक्रबार  

48
Shares

काठमाडौँ । गायक तथा सङ्गीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो बैँस रिमै’ बोलको यो भिडियो सार्वजनिक गरिएको छ ।

बिदाइको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरूसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइली र गायिका देवी घर्तीको जादुमयी स्वर सुन्न सकिन्छ । गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिगं र मास्टरिगं एचबिएन किस्मतको रहेको छ ।

गायक स्वयमकै सङ्गीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

करण चैसियारको छायाङ्कन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक हेमन्त कान्छा रसाइली स्वयमकै युट्युब च्यानलबाट बजारमा आएको हो । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : २५ बजे