काठमाडौं । गीतकार डा. रमिल अधिकारीको शब्द सृजना रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीले सङ्गीत भरेका छन् । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी समेटिएको गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् ।
डा. रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन् । उनका गीतलाई दर्शकले निकै रुचाएका छन् ।