१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

राजु र देवीले गाए ‘खोली सलल’ (भिडियो)


२३ बैशाख २०८२, मंगलबार  

46
Shares

काठमाडौँ । लोक संगीतमा रादे जोडीको परिचय उचो बनाएका राजु ढकाल र देवी घर्ती मगरले गाएको गीत ‘खोली सलल’सार्वजनिक गरिएको छ ।

देवी घर्ती मगरको अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक गीतमा नविन रानाको शब्द र एचबिएन किस्मतको संगीत, ऐरेन्जमा तयार भएको गीतलाई हप्ता दिनमा ५ लाख बढी पटक हेरिएको छ ।

भिडियोमा जेरी भण्डारीको कथा, कोरियोग्राफी र निर्देशन रहेको छ । प्रेमील धरातलमा बनेको गीतमा राजु र देवी आफैँ नाचेका छन् । गीतमा माया प्रेममा गुनासोका भाव मिसाइएको छ ।

राजु र देवीले अन्तरजातीय प्रेम विवाह गरेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३६ बजे