३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माप्यदुधकोशीमा ६ दिने स्वास्थ्य जाँच घुम्ती शिविर, सयौँ लाभान्वित



सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ६ दिने स्वास्थ्य जाँच सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, माप्य दुधकोशी गाउँपालिका र करुणा फाउन्डेसनको संयुक्त लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचारको सहयोगार्थ अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित सञ्चालित कार्यक्रमबाट १०९ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच उपचार गरी उक्त शिविर सम्पन्न भएको हो ।

गाउँपालिकाको आयोजनामा गत जेठ १ गतेबाट सुरु भएको शिविरले खास्ताप प्राथमिक अस्पतालमा २ दिने, जुभिङ्ग स्वास्थ्य चौकीमा, काँकु स्वास्थ्य चौकी, वाकु स्वास्थ्य चौकी र समृद्धि महिला भवन वाकु १ दिने गरी जम्मा ६ दिन सम्म सञ्चालन भएको उक्त शिविरबाट १२१ जना अपाङ्गता नभएका अन्य व्यक्ति तथा ज्येष्ठ नागरिकले पनि सेवा लिएका छन् ।

उक्त शिविरमा खास्ताप प्राथमिक अस्पतालको एम.बि.बि.एस डाक्टर प्रशान्त राई, लगायत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुद्धारा स्वास्थ्य जाँच तथा उपचार गरी सञ्चालित उक्त शिविरको अवसरमा क्षयरोग सम्बन्धी एक दिने अभिमुखीकरण तथा खोजपड्ताल कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रमबाट ३० जना शङ्कास्पद क्षयरोगी व्यक्तिहरूको नमुना खकार सङ्कलन गरी परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले बताएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  ५ : ३५ बजे