३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

थुलुङ दुधकोशीको लोगो अंकित व्यानर सगरमाथाको चुचुरोमा



सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा थुलुङ दुधकोशी गाउँपालिकाको लोगो अंकित व्यानर फहराइएको छ । सोही गाउँपालिका वडा नम्बर ९ सफर्मा लोखिम निवासी दा जाङ्बु शेर्पाले मे १९ अर्थात जेठ ५ गते गाउँपालिकाको झण्डा सगरमाथाको शिखरमा फहराएका हुन् ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार मे १९ का दिन बिहान ८.३५ बजेको समयमा शेर्पाले पालिकाको झण्डा सहित सगरमाथाको सफल आरोहण गरेका हुन् । शेर्पाको सगरमाथा आरोहण यो दोस्रो पटक हो ।

गाउँपालिका अध्यक्ष असिम राईले आरोहीलाई धन्यवाद दिदै स्थानीय सरकारको तर्फबाट सम्मान गरिने बताए। अध्यक्ष राईको सचिवालयले सामाजिक सञ्जाल फेसबुक पेजबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा गाउँपालिकाको तर्फबाट बधाइ सहित धन्यवाद ज्ञापन गर्दै आगमि दिनमाको लागि शुभकामना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ६ : २५ बजे