३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

दिपेन्द्र आलेको लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक


१० जेष्ठ २०८२, शुक्रबार  

10
Shares

काठमाडौँ । सर्जक तथा गायक दिपेन्द्र आलेको नयाँ लोकदोहोरी गीत ‘सत्य रामराम’ सार्वजनिक गरिएको छ ।

सोमवार दिपेन्द्र आलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा आले स्वयं र लोकगायिका शान्तीश्री परियारको स्वर रहेको छ ।

अर्जुन कौशलको संगीत र एरेन्जमा तयार गरिएको गीतमा नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र लोकप्रिय नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् ।
पछिल्लो समय निकै चर्चा कमाएका निर्देशक मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

डेढ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय दिपेन्द्र आलेका यसअघि ‘रुदै हिड्न कस्लाई मन छ र’, ‘हितको परानी’, ‘हिले खबर’, ‘सालैजो के छ सानु खबर’, मै हुँ रिजाउने’ जस्ता दर्जनौं लोकदोहोरी गीतहरू सार्वजनिक भइसकेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ८ : ४२ बजे