३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मानवता भन्दा माथि कुनै जात छैन- प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठूलो अर्को कुनै जात नभएको बताएका छन् ।

जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्- ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवता भन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ । समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना !!’

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बुधबार  १० : ५९ बजे