काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को चाबहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेसन फेस्ट २०२५’ नामक शैक्षिक मेला भव्यताका साथ सम्पन्न भएको छ ।
हालै सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थी विवेक सापकोटाले बताए । उनले आफू आइसीसीसीको चाबहिल शाखामा पुग्दा कैयौँ प्रश्न बोकेर पुगेको तर आइसीसीसीका सिनियर काउन्सलरहरुले आफ्ना सारा जिज्ञासाहरूको उत्तरले एउटा निर्णय लिन सहज भएको बताए ।
आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काका अनुसार मेलामा सापकोटाजस्तै कैयौँ बिद्यार्थीहरु पुगेको र उनीहरूले आफ्ना जिज्ञासाहरूको समाधान लिएर फर्किएको बताए । प्रबन्ध निर्देशक खड्काका अनुसार विदेश अध्ययनको योजना बनाएका करिब १ सय बढी विद्यार्थीको मेलामा सहभागिता रहेको थियो । मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव पाउँदा बिद्यार्थीहरुले अनविज्ञता रहेका धेरै कुराहरूमा प्रस्ट बनेको प्रतिक्रिया दिएका थिए ।
बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म चलेको मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा बिद्यार्थीहरुलाई सल्लाह दिइएको थियो । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्व तयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहारहरू पनि प्राप्त गरेका थिए ।

























