३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजारले घटेर तोलाको एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर २१४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ११ : ३३ बजे