३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

थुलुङ दुधकोशी अस्पतालले पायो शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती


२६ जेष्ठ २०८२, आइतबार  

154
Shares

सोलुखुम्बु । सोलुखुम्बुको मुक्लीमा सञ्चालित थुलुङ दुधकोशी अस्पतालले शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालनको अनुमती प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले उक्त कार्यक्रम संचालन गर्न स्वीकृति प्रदान दिएको हो ।

गाउँपालिकाले २०८१ साल फागुन २१ गते उक्त कार्यक्रमका लागि सिफारिस गरेको थियो । त्यसअनुसार थुलुङ दुधकोशी अस्पतालले आवश्यक मापदण्डहरू पुरा गरी शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको स्वीकृतिको माग गरेको थियो ।

स्वास्थ्य सेवा विभागको २०८२ साल जेठ १६ गतेको निर्णयअनुसार, ’आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८’ बमोजिम कार्यक्रम संचालन गर्न स्वीकृति दिइएको जनाइएको छ ।

यस कार्यक्रमले थुलुङ दुधकोशी गाउँपालिकामा बसोबास गर्ने गर्भवती महिलाहरूलाई थप सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुगेको पालिका अध्यक्ष असिम राईले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ८ : ४८ बजे