३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कमेडी दरबार:मनोज गजुरेलको ठाउँमा प्रदिप भट्टराई!


२८ जेष्ठ २०८२, मंगलबार  

10
Shares

काठमाडौं। कमेडी दरबारको महाराजा को रुपमा मनोज गजुरेलको ठाउँमा प्रदिप भट्टराई भित्रिएका छन्। मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदिप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रुपमा भित्रिएका हुन् ।

प्रदिप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ। प्रदिप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टकै रुपमा भएपनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन्।

कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदिप भट्टराईलाई आफूहरुले निमन्त्रणा गरेको उहाँले दिएको समय प्रति आभार व्यक्त गरेकी छिन।

प्रदिप भट्टराई नेपाली चलचित्र क्षेत्रका लोकप्रिय निर्देशक हुन् भने उनी कमेडी रियालिटी शो कमेडी च्याम्पियनका जज समेत हुन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १ : ५९ बजे